बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

साढे ८ लाख खर्चिएर बगरलाई बनाइयो खेल मैदान

images
मंगलबार, पुस १० २०८०
images
साढे ८ लाख खर्चिएर बगरलाई बनाइयो खेल मैदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण गरिएको छ। गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो। 

images
images
images

कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले आठ लाख पचास हजार रूपैयाँ खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए। 'पोखरेबगरवासीको भेलाको निर्णयअनुसार कालीगण्डकी किनारको उपभोगविहीन सार्वजनिक जमिनमा करिब २० दिनमा खेलमैदान तयार पारेका छौँ,' उनले भने, 'योसँगै खेलकुद प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई अभ्यास गर्न सहज भएको छ।'

images
images

एक सय १२ मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको खेलमैदानमा सेभेन ‘ए’ साइड फुटबल, भलिबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने अध्यक्ष खड्काले जानकारी दिए। उनका अनुसार डोजर लगाएर सम्माइएको खेलमैदानको सतहमा माटो राखिएको छ भने स्टेजका लागि पर्खाल निर्माण गरिएको छ।

images
images

उक्त खेलमैदानमा पुस ७ गतेदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार सकिएको छ। खेलमैदान नहुँदा यसअघि पोखरेबगर आधारभूत विद्यालय परिसरमा खेलकुद प्रतियोगिता तथा अभ्यास हुने गरेको थियो। खेलकुद गतिविधिका कारण विद्यालयको पठनपाठनमा असर पुगेको थियो।

पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो। तीव्र रुपमा बस्ती विस्तार भएको पोखरेबगरको अन्य ठाउँमा सार्वजनिक जग्गा नहुँदा खेलमैदान निर्माण हुन सकेको थिएन। खेलमैदान निर्माण भएको बगरको कालीगण्डकी किनारमा यसअघि ग्याबिन पर्खाल बनाएर तटबन्ध गरिएको थियो। खेलमैदानको छेउमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पनि पूर्णता दिइएको अध्यक्ष खड्काले बताए।

खेलमैदान बनेपछि सार्वजनिक जग्गाको संरक्षण भएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर छोटो समयमा खेलमैदान तयार गरेर उदाहरणीय काम गरेको बताए। खेलमैदानलाई थप व्यवस्थित गर्दै पूर्वाधार विस्तार गर्न गाउँपालिकाले सघाउने उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, पुस १० २०८०१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend