बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पाँच महिनामा १७२ उद्योग दर्ता, ९४ अर्ब ९३ करोडको लगानी प्रतिबद्धता

उद्योग विभागमार्फत आउने लगानी प्रतिबद्धता १७ प्रतिशतले कमी

images
शनिबार, पुस ७ २०८०
images
पाँच महिनामा १७२ उद्योग दर्ता, ९४ अर्ब ९३ करोडको लगानी प्रतिबद्धता

चालु आवको पाँच महिनामा दर्ता भएको उद्योगको संख्या बढी भएपनि लगानी प्रतिबद्धता रुकम भने गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा १७ प्रतिशतले कम हो। गत आवको पाँच महिनामा १ सय १८ उद्योगमा १ खर्ब १४ अर्ब ८२ करोडको लगानी प्रतिबद्धता आएको थियो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि मंसिर मसान्तसम्ममा १७२ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार यी उद्योगमा स्वदेशी तथा विदेशी लगानी गरी ९४ अर्ब ९३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

images
images
images

मंसिर महिनामा मात्रै २९ वटा उद्योग दर्ता भएका छन्। २९ वटा उद्योगमा ३ अर्ब ४३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

images
images

विभागका अनुसार पाँच महिनामा दर्ता भएका उद्योगमध्ये ठूला उद्योगको संख्या अति नै न्यून छ। पाँच महिनामा जम्मा २१ वटा मात्रै ठूला उद्योग दर्ता भएका छन्। सरकारले चालु आवमा ८० वटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य लिएको छ। तर अहिलेसम्मको तथ्यांकलाई हेर्दा लक्ष्य पूरा हुने संकेत देखिँदैन।

images
images

यसैगरी पाँच महिनामा मझौला दर्ता उद्योगको संख्या १४ वटामात्रै रहेको छ। सरकारले चालु आवमा ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य लिएको छ।

साना प्रकृतिको दर्ता उद्योगको संख्या भने १ सय ३९ रहेको छ। सरकारले चालु आवमा २ सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो। अहिलेसम्म दर्ता भएको संख्याको आधारमा यो लक्ष्यभन्दा धेरै नै माथि छ। विभागका अनुसार दर्ता भएका उद्योगमा १२ हजार ७ सय ७६ जनाले रोजगारी पाउने प्रस्तावित भएको छ।

विभागमार्फत ५ महिनामा २० अर्ब ६० अर्बको लगानी प्रतिबद्धता भएको छ। सरकारले विभागमार्फत चालु आवमा ३८ अर्बको विदेशी लगानी प्रतिबद्धता ल्याउने लक्ष्य राखेको थियो।

अहिलेसम्मको तथ्यांकलाई हेर्दा सरकारी लक्ष्य पूरा हुने देखिएको छ। विभागका अनुसार समग्रमा पाँच महिनामा १ सय ९९ सय उद्योगमा २० अर्ब ६० करोडको लगानी प्रतिबद्धता भएको छ। लगानी स्वीकृत भएका सबै उद्योगमा दर्ता नहुँदा दर्ता उद्योगको संख्या भने कम भएको विभागको भनाइ छ।

प्रस्तावित विदेशी लगानी परियोजनाहरुमा १० हजार १ सय २० जनाले रोजगारी पाउने प्रस्ताव भएको छ।

चालु आवको पाँच महिनामा दर्ता भएको उद्योगको संख्या बढी भएपनि लगानी प्रतिबद्धता रुकम भने गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा १७ प्रतिशतले कम हो। गत आवको पाँच महिनामा १ सय १८ उद्योगमा १ खर्ब १४ अर्ब ८२ करोडको लगानी प्रतिबद्धता आएको थियो।

पछिल्लो समय कमजोर आर्थिक गतिविधिको चौतर्फी असर देखिन थालेको छ। कोभिडको समययता बजारमा घटेको माग र त्यसैका कारणले समग्र अर्थतन्त्रमा आएको शिथिलताको मार अर्थतन्त्रका प्राय: सबै क्षेत्रमा देखिन थालेको छ।

अर्थतन्त्रमा देखिएको मन्दी, उच्च मूल्यवृद्धि तथा महँगो पुँजीका कारण लगानीकर्तामा पनि उत्साह हराउँदै गएको देखिन्छ।


प्रकाशित : शनिबार, पुस ७ २०८०१४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend