बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

५ महिनामै १ अर्ब ४९ करोडको सिमेन्ट निर्यात

भनेअनुसार पाएनन् व्यापारीले अनुदान फिर्ता

images
शनिबार, पुस ७ २०८०
images
५ महिनामै १ अर्ब ४९ करोडको सिमेन्ट निर्यात

चालु आवको पाँच महिनामा गत आवको सोही अवधिको भन्दा ७१ करोड ३० लाख रुपैयाँ बढी हो। गत आवको पाँच महिनामा जम्मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो।

images
images

काठमाडौं- पछिल्लो समय सिमेन्ट निर्यातमा उत्साह देखिएको छ। नेपालबाट अहिले भारततर्फ आधा दर्जनजति सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गरिरहेका छन्।

images
images
images

चालु आर्थिक वर्ष  २०८०/०८१ को पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्ममा नेपालबाट भारततर्फ १ अर्ब ४९ करोड २३ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ।

images
images

भन्सार विभागका अनुसार ५ महिनामा  सिमेन्ट क्लिङकर र  सिमेन्ट खैरो गरी १३ लाख २९ हजार ३ सय ७ टन निर्यात भएको छ। जसमा सिमेन्ट क्लिङकर २ लाख २ हजार १ सय ९ टन र सिमेन्ट खैरो ११ लाख २७ हजार १ सय ९८ टन निर्यात भएको छ।

images
images

चालु आवको पाँच महिनामा गत आवको सोही अवधिको भन्दा ७१ करोड ३० लाख रुपैयाँ बढी हो। गत आवको पाँच महिनामा जम्मा ७७ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो।

सिमेन्ट निर्यातमा सरकारले अनुदान दिने घोषणा गरेसँगै सिमेन्ट निर्यातमा उत्साह सुरु भएको हो। सरकारी तवरबाट पहिले विगतका पुरानो बाँकी रहेकाहरुलाई निर्यात अनुदान दिएपछि मात्रै सिमेन्ट उद्योगीले अनुदान तथा छुट पाउने बताएका छन्। सिमेन्ट निर्यात गरिरहेका उद्योगीहरुले ३/३ महिनामा विवरण बुझाए पनि अनुदान फिर्ता रकम नपाएको बताए।

सरकारले अनुदान फिर्ताको कार्यविधि बनाए पनि कार्यान्वयनमा नआएको उनीहरुको भनाइ छ। व्यवसायीले अहिले अनुदान रकम पाउने आशामै उधारोमा सिमेन्ट निर्यात गरिरहेको उद्योगीहरु बताउँछन्। जतिसक्दो छिटो अनुदान फिर्ताको निर्णय कार्यान्वयनमा जान्छ त्यति निर्यातमा उत्साह हुने उद्योगीको तर्क छ।


प्रकाशित : शनिबार, पुस ७ २०८०१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend