बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै सकियो म्याद, पहिलो किस्ता लिएर सम्पर्कविहीन निर्माण कम्पनी

images
शनिबार, पुस ७ २०८०
images
खप्तड पर्यटकीय सडक :  ‘ट्र्याक’ नखोलेरै सकियो म्याद, पहिलो किस्ता लिएर सम्पर्कविहीन निर्माण कम्पनी

निर्माण कम्पनीले नौ लाख ८४ हजार रूपैयाँ पहिलो किस्ताबापत भुक्तानी लिएको छ। त्यसपछि सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन्।

images
images

बझाङ- बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन। निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणको योजना अधुरै छ।

images
images
images

खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने कामको अहिलेसम्म टुंगो लागेको छैन।

images
images

सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो। पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्।

images
images

पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार रूपैयाँमा ट्र्याक खोल्न २०७७ पुसमा सम्झौता गरेको थियो। निर्माण कम्पनीले नौ लाख ८४ हजार रूपैयाँ पहिलो किस्ताबापत भुक्तानी लिएको छ। त्यसपछि निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासी बताउँछन्।

सम्झौताअनुसार सडकखण्ड निर्माण सम्पन्न गर्ने म्याद २०७९ असार मसान्तसम्म थियो। तर, पहिलो किस्ता लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीका जिम्मेवार व्यक्ति पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएका पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापा बताउँछन्। उनका अनुसार धेरै पटक पत्रचार गर्दासमेत सम्पर्कमा नआएपछि कार्यालयले कानुनी कारबाही अघि बढाएको छ।

निर्माण स्थलमा सडकको ट्र्याक खोल्दा काम गरेको पैसासमेत नपाएको भन्दै खप्तडछान्ना गाउँपालिका-३ का बासिन्दाले एमपी कन्स्ट्रक्सनको ट्र्याक्टर कब्जामा लिएका स्थानीय टोपबहादुर खड्काले बताए। रासस


प्रकाशित : शनिबार, पुस ७ २०८०१३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend