बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

गाडीको संख्या कम भएका देशमै सडक दुर्घटनामा ज्यान गुमाउँछन् धेरै बालबालिका

images
बिहीबार , मंसिर १६ २०७८
images
गाडीको संख्या कम भएका देशमै सडक दुर्घटनामा ज्यान गुमाउँछन् धेरै बालबालिका

२०१२ मा आइपुग्दा सडक दुर्घटनामा बालबालिका घाइते हुने दर ९५ प्रतिशत घटेर ८३ मा सीमित भएको थियो।

images
images

काठमाडौं- सवारीसाधन कम भएका देशमै सडक दुर्घटनामा धेरै बालबालिकाले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ। गरिब मुलुकहरूमा सवारीसाधनको संख्या कम हुने गरेको छ। यस्ता देशहरूमा राजमार्ग नजिक विद्यालयहरू धेरै हुने भएकाले बढी दुर्घटना हुँदै आएको युनेस्कोले गरेको पछिल्लो अध्ययनले देखाएको छ। 

images
images
images

वयस्कहरूको तुलनामा बालबालिकाले राजमार्ग तथा सडकहरूमा कुदिरहेको सवारीबारे कम ख्याल गर्ने, त्यसबारे सतर्कता नअपनाउने वा कम हुने हुँदा दुर्घटनामा धेरै बालबालिकाले ज्यान गुमाएको युनेस्को अन्तर्गत ग्लोबल एजुकेशन माोनिटरिङ (जीईएम)ले सार्वजनिक गरेको नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। 

images
images

मुख्यतः गरिब मुलुकहरूमा सवारी ट्राफिक निक्कै खतरनाक रहेको प्रतिवेदनमा उल्लेख छ। यी मुलुकहरूमा अव्यवस्थित रुपमा हुने तिब्र विकासले पनि जटिलता ल्याएको अध्ययनले औंल्याएको छ। गरिब देशहरूका सहरी सडकहरू सहरी विकास मापदण्ड नअपनाइ बनाइदा पनि समस्या धेरै हुने गरेको अध्ययनको निष्कर्ष छ। 

images
images

विभिन्न देशहरूलाई आधार मानेर गरिएको अध्ययनले स्कुल जाँदा नअपनाइने सावधानी, ट्राफिक शिक्षा बारे स्कुलमा नपढाइनुलगायत कारणलाई आधार मानेको छ। युनेस्कोले अन्तर्राष्ट्रिय सडक मूल्यांकन कार्यक्रम अन्तर्गत ६० देशका २ लाख ५० हजार किलोमिटर सडकमा गरिएको अध्ययनका आधारमा उक्त प्रतिवेदन तयार गरेको जनाएको छ। 

अध्ययनले सडक दुर्घटनाबाट हुने बालबालिकाको मृत्यु दर न्यूनीकरण गर्न राष्ट्र संघ अन्तर्गतका विभिन्न कार्यक्रमहरूमार्फत प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाव दिएको छ। २०३० सम्म यस्तो समस्या घटाउने गरि काम गर्नुपर्ने सुझाव पनि अध्ययनले दिएको छ। 

अध्ययनमा दिइएको दक्षिण कोरियाको उदाहरणमा १९८८ मा सडक दुर्घटनामा १ हजार ७ सय ६६ जना बालबालिका घाइते भएका थिए। २०१२ मा आइपुग्दा सडक दुर्घटनामा बालबालिका घाइते हुने दर ९५ प्रतिशत घटेर ८३ मा सीमित भएको थियो। यसका लागि कोरियाले सुरक्षित स्कुल रुट, सडक सुरक्षासम्बन्धी कानून, तथा ट्राफिक शिक्षा र न्यून आय भएका घरपरिवारलाई नि:शुल्क कार वितरणमा ठूलो लगानी गरेको थियो। 


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend