बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण खर्च ४ करोड ७४ लाख

images
बिहीबार , पुस ५ २०८०
images
प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण खर्च ४ करोड ७४ लाख

गएको भदौ र असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा ४ करोड ७४ लाख २ हजार रुपैयाँ खर्च गरेका छन्। 

images
images
images

प्रधानमन्त्री दाहाल अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लनि गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए। 

images
images

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए।

images
images

भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए। यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ।


प्रकाशित : बिहीबार , पुस ५ २०८०१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend