बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझायो खरिद-बिक्री सम्झौता

बुधबार, पुस ४ २०८०
एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझायो खरिद-बिक्री सम्झौता

त्यस्तै दूरसञ्चार नियामावली २०५४ को १५ ट अनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। तर यो व्यवस्थाको फेरि एनसेलकै सेयर कारोबारमा उल्लंघन भएको छ।

काठमाडौं- नियमको ठाडो उल्लंघन गर्दै दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर बिक्री भएको सम्बन्धमा कम्पनीले दूरसञ्चार प्राधिकरणलाई स्पष्टीकरण बुझाएको छ। 

एनसेलले कम्पनीमा ८० प्रतिशत सेयर रहेको रेनल्ड होल्डिङको सेयर स्वामित्व परिवर्तनका सम्बन्धमा भएको खरिद-बिक्री सम्झौता प्राधिकरणलाई बुझाएको छ। 

प्राधिकरणले सेयर खरिद बिक्रीको संरचना, सम्झौतापत्र, खरिद गर्ने कम्पनीको हैसियत तथा विवरण माग गरेको थियो। नियम अनुसार अनुमति किन नलिएको भन्दै जवाफ माग गरेको थियो। 

कम्पनीले सम्झौतापत्र लगायतका विवरण बुझाएको र अहिले अध्ययन गरिरहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। ‘हामीले अहिले कम्पनीको डकुमेन्टमात्र होइन त्यसको लिगेसीको पनि अध्ययन गरिरहेका छौं’ उनले भने। 

कुनै पनि दूरसञ्चार कम्पनीको सेयर स्वामित्व परिवर्तन हुँदा त्यसको स्वीकृति प्राधिकरणबाट लिनुपर्ने छ। एक महिनाभित्र अनुमति दिने वा नदिने विषयमा निर्णय लिनुपर्ने दूरसञ्चार प्राधिकरण ऐनमा व्यवस्था रहेको छ। 

त्यस्तै दूरसञ्चार नियामावली २०५४ को १५ ट अनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। तर यो व्यवस्थाको फेरि एनसेलकै सेयर कारोबारमा उल्लंघन भएको छ।

अजियाटाले एनसेलमा ८० प्रतिशत सेयर भएको रेनाल्ड होल्डिङको सेयर स्पेक्ट्रोलाइट यूकेलाई ५ करोड अमेरिकी डलरमा बिक्री गर्ने सम्झौता गरिसकेको छ। अजियाटाको स्वामित्वमा रहेको अजियाटा युके इन्भेष्टेमेन्टले यो सम्झौता गरेको हो। न्यून मूल्यांकनमात्र होइन न्यूनतम नियमको पालना पनि नगरी नेपाल सरकारलाई अनादार गर्नेगरी कारोबार भएको भन्दै सरकारले छानवीन समिति बनाइसकेको छ। 

 


प्रकाशित : बुधबार, पुस ४ २०८०१७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend