बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भूमिगत पानीको प्रयोगमा भौगर्भिक प्रभावको अध्ययन गरेर अनुमति दिन अख्तियारको सुझाव

बुधबार, पुस ४ २०८०
भूमिगत पानीको प्रयोगमा भौगर्भिक प्रभावको अध्ययन गरेर अनुमति दिन अख्तियारको सुझाव

ऐन नियममा उपभोग र प्रयोजनको आधारमा पानीको मूल्य तय निर्धारण गर्ने विषय उल्लेख भएपनि कार्यान्यवन गरेको छैन।

काठमाडौं- भूमितग पानीको अनियन्त्रित दोहन बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ। भूमिगत पानी बोरिङको लागि काठमाडौं उपत्याका खानेपानी व्यवस्थापनले जुन प्रक्रिया अवलम्बन गरेको छ त्यसबाट वातावरणमा असर परेको आयोगको ठहर छ।

आयोगले नियामक नियाकहरूलाई दिएको सुझावमा जमिनमुनिको बोरिङको पानी उपभोग गर्दा भौगर्भिक प्रभावको अध्ययन गरेरमात्र पानी निकाल्न अनुमति प्रदान गर्ने व्यवस्था गर्न बोर्डलाई सुझाएको छ।

बोर्डले भने भूमिगत पानी प्रयोगमा अहिलेसम्म वातावरणमा परेको असरको कुनै अध्ययन गरेको छ। व्यावसायिक प्रयोजन र सामाजिक सेवाका लागि एउटै रेटमा पानी निकाल्न दिइरहेको छ।
 
वार्षिक अर्बौंको कारोबार गर्न कम्पनीलाई र गैरनाफामूलक संस्था रेडक्रसलाई एउटै रेटमा पानी प्रयोग गर्न दिइरहेको छ।

ऐन नियममा उपभोग र प्रयोजनको आधारमा पानीको मूल्य तय निर्धारण गर्ने विषय उल्लेख भएपनि कार्यान्यवन गरेको छैन।

साथै बोर्डले पानीको प्रयोगबाट वातावरणमा परेको असरको समेत अनुसन्धान गरेको छैन। सतप्रतिशत नै पानी पुनर्भरण गर्नु पर्ने भएपनि कार्यान्वयनमा ल्याउन सकेको छैन।


प्रकाशित : बुधबार, पुस ४ २०८०१५:५५
  • सम्बन्धित विषय:

  • # भूमिगत पानीको दोहन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend