बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

उखुको न्यूनतम मूल्य तय, गतवर्षको भन्दा २५ रुपैयाँ बढाएर प्रतिक्विन्टल ५६५ बनाइयो

बुधबार, पुस ४ २०८०
उखुको न्यूनतम मूल्य तय, गतवर्षको भन्दा २५ रुपैयाँ बढाएर प्रतिक्विन्टल ५६५ बनाइयो

उखु किसानहरूले भने मूल्य प्रतिक्विन्टल ७ सय ५० रूपैयाँ कायम हुनुपर्ने आवाज उठाइरहेका थिए।

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो।

कृषकले उत्पादन गरेको उखु उद्योगले खरिद गर्दा न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ निर्धारण गरिएको हो। यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो। यसबाहेक किसानलाई सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ थपिदिने छ। 

गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तोकेको थियो। 

उखु किसानहरूले भने मूल्य प्रतिक्विन्टल ७ सय ५० रूपैयाँ कायम हुनुपर्ने आवाज उठाइरहेका थिए। 

प्रकाशित : बुधबार, पुस ४ २०८०१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend