बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

यसवर्ष पनि सर्लाहीका उखु किसान आन्दोलित, उखुको मूल्य प्रतिक्विन्टल ७५० तोक्न र गतवर्षको भुक्तानी दिन माग

मंगलबार, पुस ३ २०८०
यसवर्ष पनि सर्लाहीका उखु किसान आन्दोलित, उखुको मूल्य प्रतिक्विन्टल ७५० तोक्न र गतवर्षको भुक्तानी दिन माग
फाइल तस्बिर

गतवर्ष उखु बिक्री गरेको अनुदानबापतको बाँकी ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने किसानको माग छ।

सर्लाही- चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।

गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रतिक्विन्टल ७० रूपैयाँमध्ये हालसम्म प्रतिक्विन्टल २१ रूपैयाँमात्रै भुक्तानी भएको र बाँकी प्रतिक्विन्टल ४९ रूपैयाँ अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ।

साथै चालु यामको लागि उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० रूपैयाँ कायम गराउनुपर्ने उनीहरुको भनाइ रहेको छ। मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए। उनका अनुसार चालु यामका लागि उखुको मूल्य सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदानबापतको भुक्तानी हुन बाँकी ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको  छ।

नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले चालु यामको उखुको प्रतिक्विन्टल मूल्य निर्धारण नभएको र अनुदानबापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे। उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताए।

उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्यअनुसार उखुको मूल्य प्रतिक्विन्टल सात सय ५० हुनुपर्ने, गतवर्ष उखु बिक्री गरेको अनुदानबापतको बाँकी ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, पुस ३ २०८०१७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend