बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी टेलिकमको लाइसेन्स खारेज

शुक्रबार, मंसिर २९ २०८०
सीजी टेलिकमको लाइसेन्स खारेज

नवीकरण नभएपछि सीजीको लाइसेन्स खारेज भएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।

काठमाडौ- चौधरी समूहअन्तर्गतको सीजी टेलिकमको लाइसेन्स खारेज भएको छ। नवीकरण नभएपछि सीजीको लाइसेन्स खारेज भएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। 

प्राधिकरणनिकट स्रोतका अनुसार सीजीको ग्रामीण दूरसञ्चार सेवा लाइसेन्स खारेज भएको हो।

युनिफाइड सेवाको लाइसेन्सका लागि लविङ गर्दै आएको कम्पनीले पछिल्लो समय लाइसेन्सको अवधि सकिने समयमा नवीकरण नगरेकाले खारेज भएको प्राधिकरण निकट स्रोतले जानकारी दिएको छ। 

‘प्रत्येक १० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ। जस अनुसार लागि मंसिर १६ गतेभित्र नवीकरणका लागि रकम बुझाएर आवेदन दिनुपर्ने थियो। तर कम्पनीले यो अवधिमा बुझाएन’  प्राधिकरणका एक अधिकारीले भने,’ दूरसञ्चार ऐनको दफा २५ को ६ अनुसार लाइसेन्स खारेजभ एको छ।’ 

यसका लागि बोर्डबाट निर्णय पनि गर्न नपर्ने बताइएको छ। अवधि सकिनुअघि नै नवीकरणका लागि आवेदन दिनुपर्ने हुन्छ। तर सो मितिमा नआएकाले खारेज भएको हो। 

युनिफाइड लाइसेन्सकाय लागि लामो समयदेखि संघर्षमा रहेको चौधरी समूहले ग्रामिण दूरसञ्चारकै लाइसेन्स गुमाएको छ। यसअघि लाइसेन्सका लागि भन्दै उपकरणको आयातको अनुमति दिने तयारी भइरहेको थियो। उपकरण आयात गरेर पूर्वाधार बनाएपछि लाइसेन्स दिने भन्दै सीजीले अनुमतिका लागि आवेदन पनि दिएको थियो।

उपकरण आयातको अनुमतिको प्रक्रिया चलिरहेकै समयमा नवीकरण नै नगर्दा लाइसेन्स गुमेको हो। 


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend