बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमले आफ्नो पूर्वाधार सहप्रयोग गर्न दिने

शुक्रबार, मंसिर २९ २०८०
नेपाल टेलिकमले आफ्नो पूर्वाधार सहप्रयोग गर्न दिने

यो परियोजनामा निर्माण भएको पूर्वाधार अन्य सेवप्रदायकलाई पनि प्रयोग गर्न दिनुपर्ने सर्त रहेको छ। सोही बमोजिम टेलिकमले आव्हान गरेको हो।

काठमाडौं- ग्रामिण दूरसञ्चार कोषको रकमबाट नेपाल टेलिकमले निर्माण गरेको पूर्वाधारमा अन्य सेवाप्रदायकहरूलाई प्रयोग गर्न आव्हान गरेको छ। 

मध्यपहाडी राजमार्ग अन्तर्गत पूर्वी खण्डमा निर्माण भएको पुर्वाधार प्रयोगका लागि इच्छुकहरूलाई टेलिकमले आव्हान गरेको छ। 

सरकारी स्वामित्वको टेलिकमले निर्माण गरेको बिर्तामोड-इटहरी, इटहरी-धरान, धरान-हिले, हिले-बसन्तपुर, सङ्क्रान्ति-म्याङ्लुग, चन्द्रगढी-चारआली-इलाम-घुर्मी-दिक्तेल, धुर्मी-ओखलढुंगा-सल्लेरी खण्डमा निर्माण भएको पूर्वाधार प्रयोग गर्न इच्छुहरूलाई आव्हान गरेको हो। 

दूरसञ्चार प्राधिकरणले टेलिकमलाई मध्यहाडीको ठूलो खण्डमा अप्टिकर विस्तारको जिम्मा दिएको छ। यो जिम्मा पाएको दशक हुँदासमेत टेलिकमले अझै पूरा गरेको छैन। 

यो परियोजनामा निर्माण भएको पूर्वाधार अन्य सेवप्रदायकलाई पनि प्रयोग गर्न दिनुपर्ने सर्त रहेको छ। सोही बमोजिम टेलिकमले आव्हान गरेको हो। 


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend