बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यूटीएलको आईएसपी लाइसेन्स खारेज

बिहीबार , मंसिर २८ २०८०
यूटीएलको आईएसपी लाइसेन्स खारेज

यूटीएलसँगै म्याक्सनेट सोलुसनको लाइसेन्स पनि खारेज भएको छ। त्यस्तै चितवन नेटवर्कको पनि लाइसेन्स खारेज भएको छ।

काडमाडौं- दूरसञ्चार सेवाप्रदायक यूटीएलको इन्टरनेट सेवा सञ्चालनका लागि पाएको लाइसेन्स खारेज भएको छ। 

अनुमपतिपत्र नवीकरण नगरेपछि यूटीएलको इन्टरनेट सेवा सञ्चालनको अनुमति पत्र दूरसञ्चार प्राधिकरणले खारेज गरिदिएको हो। यूटीएलले २०६० सालमा पहिलोपटक लाइसेन्स पाएको थियो। त्यसपछि नवीकरण गर्दै आएपनि पछिल्लो समय लाइसेन्स नवीकरण गरेको थिएन। 

नवीकरण नभएपछि दूरसञ्चार ऐनको दफा २५ को उपदफा ५ बमोजिम स्वत: खारेज भएको प्राधिकरणले जानकारी दिएको छ। 

यूटीएलको मोबाइल सेवा सञ्चालनको लाइसेन्स पनि यसअघि नै प्राधिकरणले खारेज गर्ने निर्णय गरेपनि अदालतको अन्तरिम आदेश ल्याएर रोकिएको छ। उक्त मुद्दा अझै पनि अदालतमा विचाराधीन रहेको छ। 

यूटीएलसँगै म्याक्सनेट सोलुसनको लाइसेन्स पनि खारेज भएको छ। त्यस्तै चितवन नेटवर्कको पनि लाइसेन्स खारेज भएको छ। 


प्रकाशित : बिहीबार , मंसिर २८ २०८००९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend