बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उजय शाक्य ईसीआई इनोभेटिभ मार्केटर अफ दि इयर २०२३ बाट सम्मानित

बुधबार, मंसिर २७ २०८०
उजय शाक्य ईसीआई इनोभेटिभ मार्केटर अफ दि इयर २०२३ बाट सम्मानित

ईसीआई फेस्टिभलमा उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारेका थिए।

काठमाडौं- उजय शाक्य प्रतिष्ठित ईसीआई इनोभेटिभ मार्केटर अफ दि इयर २०२३ बाट सम्मानित भएका छन्। ७ डिसेम्बरमा ईसीआई फेस्टिभलले चीनको उसीमा आयोजना गरेको गाला इभेन्टमा शाक्य सम्मानित भएका हुन्।

दक्षिण एसियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि उनले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो। 

ईसीआई फेस्टिभलमा उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारेका थिए। कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा डेटाद्वारा सञ्चालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मूल्य मान्यताहरुमा रहेको छ।

ईसीआई फेस्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेला भएर ‘ग्लोबल सस्टेनेबल इनोभेसन सिभिलाइजेसन डेभलपमेन्ट इनिसिएटिभ’ विषयमाथि छलफल गरेका थिए। यसको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो।

उसी राष्ट्रिय हाइटेक औद्योगिक विकास क्षेत्र व्यवस्थापन कमिटी र इन्टरनेसनल इन्टप्रेनर्स, क्रियटिभ एण्ड इनोभेटर्स एसोसिएसन (आईईसीआईए) द्वारा संयुक्तरुपमा आयोजना गरिएको उक्त फेस्टिभल विश्वभरका नव प्रवर्तकहरुलाई एकै स्थानमा जमघट गराउनको लागि प्रख्यात छ।

ईसीआई फेस्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्न-भिन्न सहरहरुमा यस्तो भेला आयोजना गर्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आइरहेको छ। 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend