बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

आइतबार, मंसिर २४ २०८०
किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर वास्तविक विश्व परिस्थितिमा सूचना प्रविधिको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न सक्षम बनाउने कलेजले विश्वास लिएको छ।

काठमाडौं- किंग्स कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने भएको छ। स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले कलेजले ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यस चार वर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसात् गरी सोबाट लाभ लिन पछिल्लो पिँढीलाई सबल बनाउने उद्देश्य राखेको कलेजले जनाएको छ। यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रवर्तनमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकासलगायतका क्षेत्रमा सफलता हासिल गर्ने औजारसमेत भएको कलेजले जनाएको छ। 

यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर वास्तविक विश्व परिस्थितिमा सूचना प्रविधिको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न सक्षम बनाउने कलेजले विश्वास लिएको छ। 

शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक सीप तथा सामर्थ्यको विकासमा सघाउने सोच राख्दै कलेजले पछिल्लो समय सूचना प्रविधिको अध्ययन र अध्यापनलाई प्राथमिकता दिएको ब्याचलर्स् अफ साइन्स इन कम्प्युटर साइन्सको कार्यक्रम प्रमुख मनोज पाण्डेले बताए।

उनका अनुसार व्यक्ति तथा संस्थाहरुको विशिष्टिकृत आवश्यकता परिपूर्ति गर्नका लागि यस कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययन अनुसन्धान गरिरहेका व्यक्तित्वहरुले यस विषयको अध्यापन गराउने छन्। 'कम्प्युटर प्रविधिको क्षेत्रमा ज्ञान र सीपको नविन लहरको सिर्जना गर्न अगाडी बढिरहँदा हामी निकै उत्साहित छौँ,' पाण्डेले भने।

आउँदो शैक्षिक सत्रदेखि यसको कक्षा सञ्चालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कलेजले बताएको छ। प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थी, व्यवसायी एवं कम्प्युटर वैज्ञानिकहरुले यस कार्यक्रममा सहभागी हुन पाउनेछन्। 
कलेजले भविष्यमा कम्प्युटर साइन्सको स्नातकोत्तर कक्षा पनि सञ्चालन गर्ने बताएको छ। 


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend