मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २२ २०८०
images
स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान

नगर कार्यपालिकाको कार्यालयले यसअघि स्यालोट्युबवेल जडान गरी ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको थियो।

images
images

महोत्तरी- खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ। खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन्।

images
images
images

'खेतीका बेला बीउ, मल नपाएर हैरान भइन्थ्यो, पछिल्ला दुई/तीन वर्षदेखि समयमै पाइएको छ', मटिहानी-९ सिमरदहीका किसान गोपाल मण्डलले भने, 'यति सुविधाले पनि धेरै सजिलो महसुस गरेका छौँ।' नगर कार्यपालिकाको कार्यालयले नगरक्षेत्रका नौ सय किसानलाई १० किलोग्राम उन्नत जातको गहुँको बीउ उपलब्ध गराइएको जनाएको छ। यो परिमाण करिब चार कठ्ठा जग्गालाई पुग्ने बीउ भएको कृषि शाखाका प्रमुख टङ्कप्रसाद उपाध्यायले बताए।

images
images

किसान मण्डलजस्तै सो बस्तीकै राजेश चौधरी, मटिहानी-५ का रामकुमार यादव र राजेश महतोले पनि समयमा गहुँको बीउ पाएपछि दुःखसुखमा हेर्ने निकाय नगरपालिका रहेछ भन्ने पर्ने गरेको बताए।

images
images

मटिहानी नगर कार्यपालिकाले आफ्नो क्षेत्रको कृषि उत्पादन बढाउन विभिन्न मौसमी बालीको समयमा बीउ, मलदेखि अन्य प्रविधिसमेत किसानलाई सुविधा दिँदै आएको जनाएको छ। 'हाम्रो नगरको मुख्य आधार नै कृषि हो, त्यसैले विभिन्न बाली लगाइने बेला किसानका लागि खासखास प्याकेजको सहयोग गर्दै आएका छौँ', नगर प्रमुख हरिप्रसाद मण्डल भन्छन्।   

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन/चार वर्षयता निरन्तर कृषि प्रवद्र्धनमा जोड दिँदै आएको किसानले बताएका छन्। धान, गहुँँ र मौसमी तरकारीको बीउ समयमा पाउँदा निकै राहत मिलेको मटिहानी-५ का किसान नागेन्द्र यादव बताउँछन्।

नगर कार्यपालिकाको कार्यालयले यसअघि स्यालोट्युबवेल जडान गरी ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको थियो। यसले हलुका सिँचाइमा हुने बाली हुर्काउन सहज भएको किसानको भनाइ छ। 'स्यालोट्युबवेल जडान र मोटर पम्पसेट भएपछि हलुका सिँचाइमा हुने बाली लगाइन पाइने भएको छ', मटिहानी-२ का किसान जैश शेषले भने, 'यतिले पनि गरेर खान बाटो दियो।'

नगरका नौवटै वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन गरेका किसानलाई स्यालोट्युबवेल जडान र मोटर पम्पसेट खरिदमा नगर कार्यपालिकाको कार्यालयले कूल लागतमा ८५ प्रतिशत र सम्बन्धित किसानले १५ प्रतिशत रकम लगाएका थिए। यसैगरी नगर कार्यपालिकाको कार्यालयले यसअघि फलफूल रोपण, मखान बजार व्यवस्थापन सहयोगी सामग्री, दाईं गर्ने यान्त्रिक उपकरण र कृषि ज्यावल किसानलाई उपलब्ध गराएको थियो।

नगर कार्यपालिको कार्यालयले पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, कृषि ज्यावल, जैविक मलसहितका सामग्री दिँदै आएको छ। यो क्रमले आफूहरुजस्ता गरिब किसानलाई निकै राहत मिलेको मटिहानी-६ का मेराज अन्सारीको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend