बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शतिसलाल आचार्यको प्रष्टीकरण- एनसेलको ८० प्रतिशत सेयर ४० करोड डलरमा किनिएको हो

बिहीबार , मंसिर २१ २०८०
शतिसलाल आचार्यको प्रष्टीकरण- एनसेलको ८० प्रतिशत सेयर ४० करोड डलरमा किनिएको हो

यो डिलको कूल इन्टरप्राइज लागत ४० करोड डलर रहेको उनले उल्लेख गरेका छन्।

काठमाडौं- एनसेलको ८० प्रतिशत सेयरको स्वामित्व रहेको रेनोल्ड होल्डिङ ४० करोड डलरमा खरिद गरिएको स्पेक्ट्रोलाइट युकेका संस्थापक शतिसलाल आचार्यले उल्लेख गरेका छन्। 

अजियाटा समूहले गराएको प्रतिस्पर्धाका आधारमा आफ्नो कम्पनी छनौट भएर उक्त सेयर खरिद गरेको पनि उनले प्रष्ट पारेका छन्। 

अजियाटाबाट आचार्यको कम्पनी स्पेक्ट्रोलाइट युकेले ५ करोड अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको अजिायटा समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो। ५ करोडमा खरिदबिक्री भएको खबर आएसँगै अस्भाविक भन्दै प्रतिक्रिया आएपछि आचार्यले ५ करोड नभइ ४० करोड डलरमा खरिद मूल्य रहेको उल्लेख गरेका छन्। 

यो डिलको कूल इन्टरप्राइज लागत ४० करोड डलर रहेको उनले उल्लेख गरेका छन्। 

‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो। सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ’ उनले उल्लेख गरेका छन्। 

खरिद बिक्रीको सबै कागजात सरकारलाई पारदर्शी रुपमा बुझाइने पनि विज्ञप्तिमा प्रतिबद्धतता गरिउको छ। कम्पनीले स्वीकृति नलिएर कारोबार गरेको भन्दै  नेपाल दूरसञ्चार प्राधिकरणले ताकेता गरिरहेको छ। 


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend