बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल 

शनिबार, मंसिर ११ २०७८
सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौं : वरिष्ठ उपाध्यक्ष ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन्। 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन्। 

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको चार वर्ष पुरा भएको उपलक्ष्यमा ढकालले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सबैको साझा लक्ष्य भएको बताएका छन्।

‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाईहरु देखिएका र सूचिकरण प्रकृया सुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचिकृत प्रतिष्ठान र श्रमिकको संख्यावाट निराश हुनुपर्ने छैन,’ ढकालले भने, ‘ नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउछन्। त्यसबाट बिचलित हुनुभन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई मनन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि वढाउन कोष सक्षम हुन्छ र हुन पनि पर्छ।’
 
करिब १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचिकरण भई सकेको छन्। सूचिकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषबाट सुविधा पनि पाउन थालिसकेका छन्। वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाइको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए। 

सामाजिक सुरक्षा प्रणाली लागु गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव छ। ‘हामीकहाँ पनि केही समस्या छन्, हामी सबै सरोकारवालाहरुले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि बढ्नु पर्दछ,’ उनले भने।

विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक बनाउन ऐन कानून र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उनले सरोकारवालाहरुलाई आग्रह गरेका छन्। 

अहिले प्रचलनमा रहेको सञ्चयकोष र उपदानको व्यवस्थालाई बढीभन्दा बढी श्रमिकको हितमा हुनेगरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक बनाउन पनि सोच्नुपर्ने उनको सुझाव छ।


प्रकाशित : शनिबार, मंसिर ११ २०७८०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend