बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

वैदेशिक लगानीको वातावरण नरहेको विषयमा धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

बुधबार, मंसिर २० २०८०
एनसेलको सेयर खरिद-बिक्री रोक्न लेखा समितिको निर्देशन

लेखा समितिले यसका बारेमा सरोकारवाला निकायसँग जवाफ मागेको थियो। उनीहरूले दिएको जवाफअनुसार एनसेलको सेयर कारोबार स्वाभाविक नदेखिएकाले यसमा थप अध्ययन तथा छानबिन गर्नुपर्ने अवस्था देखिएको निष्कर्ष समितिले निकालेको छ।

काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्री प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ।

अनिवार्य नियामकीय स्वीकृति नलिइ देश बाहिर भएको सेयर खरिद बिक्रीको सम्झौतामा सन्देह देखिएको भन्दै समितिले तत्काल प्रक्रिया अघि नबढाउन निर्देशन दिने निर्णय गरेको छ।

लेखा समितिले यसका बारेमा सरोकारवाला निकायसँग जवाफ मागेको थियो। उनीहरूले दिएको जवाफअनुसार एनसेलको सेयर कारोबार स्वाभाविक नदेखिएकाले यसमा थप अध्ययन तथा छानबिन गर्नुपर्ने अवस्था देखिएको निष्कर्ष समितिले निकालेको छ। 

‘प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृतरुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नु पर्ने भएकोले अनुसन्धान गरी निस्कर्षमा नपुगुञ्जेल अवधिभरको लागि यस सेयर खरिद बिक्री कारोबारसम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) तथा यस विषयमा वास्तविकता तथा यर्थाथता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ समितिको निर्णयमा उल्लेख छ।

त्यस्तै सेयर बिक्रीको घोषणा गर्दा मलेसियाको अजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत विवेक सुदले नेपालमा लगानीको वातावरण नभएको भनेर दिएको अभिव्यक्तिका सन्दर्भमा सरकारले धारणा सार्वजनिक गर्नुपर्ने समितिले निर्णय गरेको छ।

सेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लागनी जोखिमयुक्त रहेको भन्ने भनाइका सम्बन्धमा सरकारको धारणा यथाशीघ्र (४८ घण्टाभित्र) सार्वजनिक गर्न समितिले सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

WhatsApp Image 2023-12-06 at 18.19.20.jpeg

WhatsApp Image 2023-12-06 at 18.19.20-2.jpeg


प्रकाशित : बुधबार, मंसिर २० २०८०१७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend