बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दूरसञ्चार प्राधिकरणलाई एनसेलको पत्र - स्वीकृतिबारे मौन, जानकारी गराउने प्रतिबद्धता

बुधबार, मंसिर २० २०८०
दूरसञ्चार प्राधिकरणलाई एनसेलको पत्र - स्वीकृतिबारे मौन, जानकारी गराउने प्रतिबद्धता

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै यो विषयमा विस्तृत छानवीन हुने जानकारी गराएकी छिन्। यही विषयमा संसदीय समितिहरूले पनि चासो दिएका छन्।

काठमाडौं- नियमको ठाडो उल्लंघन गर्दै दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर बिक्री भएको विषयमा नियामक दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोध्दा पनि एनसेलले अझै प्रष्ट जवाफ दिएको छैन।

दूरसञ्चार नियमावलीअनुसार लिनुपर्ने स्वीकृति नलिइ किन कारोबार गरेको भन्ने प्राधिकरणको प्रश्नमा एनसेलले जवाफ त पठाएको छ तर मौन रहेर। 

प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले पत्रको जवाफ पठाएको तर स्वीकृतिका बारेमा केही पनि उल्लेख नभएको बताए। कारोबारका विषयमा भने अजियाटाबाट विस्तृत विवरण आएपछि बुझाउने प्रतिबद्धता एनसेलले गरेको छ।

दूरसञ्चार नियामावली २०५४ को १५ ट अनुसार ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। तर यो व्यवस्थाको फेरि एनसेलकै सेयर कारोबारमा उल्लंघन भएको छ।

अजियाटाले एनसेलमा ८० प्रतिशत सेयर भएको रेनाल्ड होल्डिङको सेयर स्पेक्ट्रोलाइट यूकेलाई ५ करोड अमेरिकी डलरमा बिक्री गर्ने सम्झौता गरिसकेको छ। अजियाटाको स्वामित्वमा रहेको अजियाटा युके इन्भेष्टेमेन्टले यो सम्झौता गरेको हो। न्यून मूल्यांकनमात्र होइन न्यूनतम नियमको पालना पनि नगरी नेपाल सरकारलाई अनादार गर्नेगरी कारोबार भएको भन्दै सत्ता गठबन्धनले छानबिन गर्ने निर्णय गरिसकेको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै यो विषयमा विस्तृत छानबिन हुने जानकारी गराएकी छिन्। यही विषयमा संसदीय समितिहरूले पनि चासो दिएका छन्।

WhatsApp Image 2023-12-06 at 12.29.45.jpeg


प्रकाशित : बुधबार, मंसिर २० २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend