बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

आर्थिकसँगै पोषणमा सुधार ल्याउन विपन्नलाई बिउ वितरण

मंगलबार, मंसिर १९ २०८०
आर्थिकसँगै पोषणमा सुधार ल्याउन विपन्नलाई बिउ वितरण

कृषि ज्ञान केन्द्र कञ्चनपुरले विपन्न वर्गका किसानलाई च्याउ, मकै, धान र तरकारीको बिउ वितरण गरिरहेको छ।

कञ्चनपुर- विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ। केन्द्रको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो।

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बिउ वितरण भइरहेको छ।

'च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ', प्राविधिक सिंहले भने, 'कृष्णपुरको वडा नं ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं ४ र १० मा च्याउखेतीका लागि मिनी किट वितरण गरिएको छ।'

यसअघि गहुँ र तरकारीको मिनी किट बिउ वितरण गरिसकिएको छ भने धान र मकैको मिनी किट वितरण गर्ने कार्य केही दिनपछि हुनेछ। रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend