मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

रामपुरमा व्यावसायिक कालिजपालन

images
सोमबार, मंसिर १८ २०८०
images
रामपुरमा व्यावसायिक कालिजपालन

उनको फार्ममा हाल एक सय ५० कालिज छन्। गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताइन्।

images
images

पाल्पा- रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ। रामपरु नगरपालिका-४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ।

images
images
images

चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो। व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेको बताइन्। गत जेठमा उनका छोरा मनिम रानाले सो व्यवसाय सुरु गरेका थिए।

images
images

'छोराको रहरले सुरु गरेको व्यवसाय अहिले मैले रेखदेख गरिरहेको छु, नयाँ व्यवसाय हुँदा धेरै रेखदेख गर्नुपर्ने रहेछ, अब बिक्री गर्न लायकको हुन थालेको छ', लोकमायाले भनिन्। उनको फार्ममा हाल एक सय ५० कालिज छन्। गत जेठमा पोखराबाट पाँच सय चल्ला ल्याएर व्यवसाय सञ्चालन गरिएको उनले बताइन्।

images
images

नयाँ व्यवसाय भएकाले चल्ला हुर्काउन समस्या परेको उहाको भनाइ थियो। जंगलको बीचमा व्यवसाय भएकाले वन बिरालो, सर्प पसेर चल्ला झम्टने, मार्ने गरेको उनले बताइन्। एउटा चल्ला चार सयमा खरिद गरेर पाल्न थालेकी हुन्।

करिब चार रोपनी जग्गा भाडामा लिए आफूसँगै एक जना हेरालु कामदार राखिएको लोकमायाले जानकारी दिइन्। पहिलो पटक भएकाले पाल्ने प्रविधिमा केही समस्या भए पनि अर्को पटक चल्ला राख्न धेरै ज्ञान सीप प्राप्त भएको उनको अनुभव छ।

रामपुरलाई कालिजपालनमा चिनाउन, गाउँका जग्गा छाडेर सहर बजारमा जाने क्रम बढेकाले गाउँमै बसेर पनि केही गरियो भने आयआर्जन गर्न सकिने रहेछ भनेर यहाँ व्यावसायिक रुपमा कालिजपालन सुरु गरेको उनको भनाइ छ। करिब ३० लाख रूपैयाँको लगानीमा व्यवसाय सञ्चालन गरिएको छ। अहिले यस क्षेत्रमा कालिजको मूल्य भाले तीन हजार रूपैयाँ, पोथी दुई हजार पाँच सय रूपैयाँमा बिक्री हुने गरेको छ।

कालिजपालनमा तौरतरिका मिलेको खण्डमा प्रशस्त कमाइ गर्न सकिन्छ। कालिज विशेषत ६ देखि आठ महिनामा बिक्रीका लागि योग्य हुन्छ। कलिलो तथा नरम घाँस घरमै खस्रो बनाएर पिसेको गहुँ, मकैको दाना कालिजको आहार हो।

कालिजको मासुको माग पछिल्लो समय अत्यधिक मात्रामा बढ्दो छ। कालिजपालन व्यवसायमा पछिल्लो समय युवाको आकर्षण बढिरहेको देखिन्छ। अहिले बजारमा कालिजको माग बढ्दो छ। बजार मूल्य राम्रो हुन थालेपछि यसको व्यावसायिक पालनमा आकर्षण बढ्न थालेका हुन्। रासस


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend