बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ महिनाअघि स्थापना भएको १ डलरको कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत सेयर

शुक्रबार, मंसिर १५ २०८०
२ महिनाअघि स्थापना भएको १ डलरको कम्पनीले किन्यो एनसेलको ८० प्रतिशत सेयर

यसअघि अजियाटाले पनि बेलायति कम्पनी मार्फत् नै एनसेलमा ८० प्रतिशत सेयर होल्ड गरेको थियो। 

काठमाडौं- एनसेलको ८० प्रतिशत सेयर युकेकै  स्पेक्ट्रलाइट नामको कम्पनीले खरिद गर्ने भएको छ। 

मलेसियाको अजियाटा समूहले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बिक्रीको सम्झौता गरेको जानकारी दिएको छ।

एनसेलको सेयर यसअघि नै २० प्रतिशत सेयरको हिस्सेदार शतिशलाल आचार्यकै कम्पनीले खरिद गरेको छ।

सतिसलाल आचार्यले बेलायतमा २ महिनाअघि स्थापना गरेको कम्पनी स्पेक्ट्रलाइट युकेले एनसेलको सेयर खरिद गरेको हो। स्पेक्ट्रलाइट युके २ महिनाअघि बेलायतमा दर्ता भएको कम्पनी हो। 

यसअघि अजियाटाले पनि बेलायति कम्पनी मार्फत् नै एनसेलमा ८० प्रतिशत सेयर होल्ड गरेको थियो। 

रेनाल्ड होल्डिङको नामा रहेको ८० प्रतिशत सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट २ महिनाअघि स्थापना भएको १ अमेरिकी डलरको कम्पनी हो। यो कम्पनी यही सेयर खरिद बिक्री प्रायोजनका लागि हो। 

*पाउण्ड भएकोमा अमेरिकी डलर बनाइएको


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८०१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend