बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नक्कली नोटसहित शङ्खमुलबाट एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १३ २०८०
नक्कली नोटसहित शङ्खमुलबाट एकजना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन्।

धादिङ गजुरी गाउँपालिका-४ घर भइ काठमाडौं शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 

शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित : बुधबार, मंसिर १३ २०८०१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend