बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

व्यावसायिक वातावरण बिग्रिएको भन्दै एनसेलबाट बाहिरिने अजियाटाको घोषणा

बुधबार, मंसिर १३ २०८०
व्यावसायिक वातावरण बिग्रिएको भन्दै एनसेलबाट बाहिरिने अजियाटाको घोषणा

अजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ। 

काठमाडौं- व्यावसायिक वातावरण चुनौतीपूर्ण भएको भन्दै अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको छ।

अजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ।

अजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ।

सात वर्षअघि अजियाटा एनसेलमा भित्रिएको थियो। ८० प्रतिशत सेयर किनेको यो समूह यो बीचमा पुँजीगत लाभकरको विवादमा फसेको थियो।

करको भुक्तानी भइसकेको छ। एनसेलमा बाँकी २० प्रतिशत भने नेपाली मूलका व्यवसायीको होल्डिङ रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ। 

प्रकाशित : बुधबार, मंसिर १३ २०८००७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend