बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी सम्मेलनको तयारी गर्न समितिहरू गठन

आइतबार, मंसिर १० २०८०
लगानी सम्मेलनको तयारी गर्न समितिहरू गठन

लगानी सम्मेलनको मुख्य तयारीको काम भने लगानी बोर्डबाट हुनेछ।

काठमाडौं- २०८१ को बैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको तयारी गर्नका लागि सरकारले विभिन्न समिति बनाउने भएको छ।

लगानी सम्मेलनको तयारीका लागि भनेर प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्षको संयोजकत्वमा निर्देशक समिति बनेको छ। यही समितिले लगानी सम्मेलनका लागि परिचालनदेखि लिएर अन्य तयारी गर्नेछ।

लगानी सम्मेलनको ढाँचा बनाउने, आवश्यक कानूनी सुधार तथा सम्मेलन सफल पार्नका लागि आवश्यक नीतिगत निर्णयका लागि यो समितिले काम गर्ने छ।

त्यस्तै निर्देशक समितिलाई सहयोग गर्नका लागि मुख्य सचिवको नेतृत्वमा सचिव तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबाट सहभागी हुनेगरि अर्को सहयोगी संयन्त्र बन्ने अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन्।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवकोन नेतृत्वमा प्राविधिक समिति गठन हुनेछ। यो समितिले सम्मेलनका लागि आयोजनाको छनौट, सम्झौताको प्रस्तावना तयार पार्ने छ।

लगानी सम्मेलनको मुख्य तयारीको काम भने लगानी बोर्डबाट हुनेछ।

सम्मेलनलाई सफल पार्नका लागि कुटनीतिक नियोग, नेपालीका संघ संगठन, प्रतिनिधिमूलक संगठनसँग साझेदारी गरिने अर्थमन्त्री महतले जानकारी दिए।

पछिल्लो समय प्रदेश प्रदेशमा पनि लगानी सम्मेलन हुँदै गरेको र त्यसले पनि यहाँको सम्भाव्यताको थप खोजी हुने र लगानी सम्मेलनलाई सहयोग गर्ने उनको विश्वास छ।


प्रकाशित : आइतबार, मंसिर १० २०८०१०:५४
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend