बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चाइना ट्रेडको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ७ २०८०
चाइना ट्रेडको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ

काठमाडौं- चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन्। 

संस्थाको १६औँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। 

श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेश चन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव, कृष्ण बहादुर गुभाजु कोषाध्यक्ष र किशोर गजाधर खड्का, गणेश कुमार अग्रवाल र मोहन बोहरा सञ्चालकमा निर्वाचित भएका छन्। 

त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ र सुदर्शन श्रेष्ठ निर्वाचित भएका छन्। 

७० लाख शेयर पूँजीबाट १६ वर्ष अगाडि स्थापित संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ। सेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ।  

गत आवमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ।  त्यस्तै ६५ करोड ३२ लाख रुपैया कर्जा लगानी गरेको छ।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००६:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend