बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जुन पायो त्यही भीपीएन प्रयोग गर्दा जोखिम हुने भन्दै सचेत रहन प्राधिकरणको आग्रह

बुधबार, मंसिर ६ २०८०
जुन पायो त्यही भीपीएन प्रयोग गर्दा जोखिम हुने भन्दै सचेत रहन प्राधिकरणको आग्रह

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले सुरक्षित ईन्टरनेट प्रयोगको नाममा व्यक्तिगत गोपनीयता नै जोखिममा पर्नसक्ने भन्दै सचेत गराएको छ। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय नेपालमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग बढेकाले यसमा सचेत रहन आग्रह गरेको छ। 

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले सुरक्षित इन्टरनेट प्रयोगको नाममा व्यक्तिगत गोपनियता नै जोखिममा पर्नसक्ने भन्दै सचेत गराएको छ। 

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भीपीएन प्रयोग गर्दा सचेत हुन इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ। जुन पायो त्यही भीपीएन प्रयोग गर्दा जोखिम हुनसक्ने विभिन्न अध्ययनले देखाएको भन्दै प्राधिकरणले प्रयोगकर्तालाई सचेत हुन आग्रह गरेको हो। 

विशेषगरी भीपीएन एपहरू धेरै हुने र त्यसमा नि:शुल्क सेवा पाइनेहरूबाट जोगिन प्राधिकरणले जानकारी दिएको छ। तथ्यांक उपयोग गर्नेमात्र होइन तेस्रो पक्षलाई उपलब्ध गराउने जोखिम रहने प्राधिकरणले जानकारी दिएको छ। 

सेन्सरसीपबाट जोगिने नाममा अनधिकृत कम्पनीको निगरानीमा पर्नसक्ने जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ। कुनै पनि भीपीएन सेवा लिनुअघि त्यसको विश्वासनीयता तथा सुरक्षाका बारेमा जानकार हुनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ। 

नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि प्रयोगकर्ताले भीपीएनको माध्यमबाट प्रयोग गरिरहेका छन्। 

Screenshot 2023-11-22 at 14.15.55.png
प्राधिकरणले जारी गरेको सूचना 


प्रकाशित : बुधबार, मंसिर ६ २०८००८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend