बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कफीको न्यूनतम समर्थन मूल्य बढ्यो, कुनमा कति?

शुक्रबार, मंसिर १ २०८०
कफीको न्यूनतम समर्थन मूल्य बढ्यो, कुनमा कति?

काठमाडौं- सरकारले कफीको न्यूनतम समर्थन मूल्य बढाएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७९ को समर्थन मूल्यभन्दा २०८० का लागि वृद्धि गरेको हो।

बोर्डले कफीको न्यूनतम समर्थन मूल्य मंसिर १ गतेदेखि लागु हुने गरी तोकेको छ। जसमा फ्रेस चेरी कफी 'ग्रेड ए' को मूल्य प्रतिकिलो १ सय रुपैयाँ तोकेको छ। यो मूल्य २०७९ को तुलनामा प्रतिकिलो ५ रुपैयाँले बढी हो। 

८ सय मिटरभन्दा माथि, प्राङ्गारिक पद्धती अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएकोलाई 'ग्रेड ए' मानिन्छ।

यसैगरी 'ग्रेड बी' प्रतिकिलो ९० रुपैयाँ तोकेएको छ। यसमा पनि गएको वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ नै बढेको हो। 'ग्रेड ए'मा नपरेका अन्य कफीलाई 'ग्रेड बी' मानिन्छ।

पार्चमेन्ट कफी 'ग्रेड ए'को प्रतिकिलो ५ सय रुपैयाँ तोकिको छ। यसमा प्रतिकिलो २५ रुपैयाँ बढेको हो। 'ग्रेड ए' गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई 'ग्रेड ए' मानिनेछ।

साथै 'ग्रेड बी'को प्रतिकिलो ४ सय ५० रुपैयाँ तोकिएको छ। यसमा प्रतिकिलो ३० रुपैयाँ बढेको हो। 'ग्रेड बी' गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलार्इ 'ग्रेड बी' मानिनेछ।

ड्राइ चेरी कफी 'ग्रेड ए'को प्रतिकिलो २ सय रुपैयाँ तोकिएको छ। यसको मूल्य प्रतिकिलो ३० रुपैयाँ बढेको हो।

'ग्रेड ए' गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राइ चेरीलाई 'ग्रेड ए' मानिनेछ। 'ग्रेड बी' को प्रतिकिलो १ सय ५० रुपैयाँ तोकिएको छ। यसमा प्रतिकिलो ३५ रुपैयाँ बढेको हो।

बोर्डले हरेक वर्ष कफी दिवसको अवसर पारेर कफीको समर्थन मूल्य तोक्ने गरेको छ। बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको मूल नारा 'कफी क्षेत्रको प्रवर्द्धन र संरक्षण दिगो उत्पादनमा महिलालाई प्रोत्साहन'को रुपमा मनाउने भएको छ।

 कफीको पछिल्लो १० वर्षको न्यूनतम मूल्य

coffee.png


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend