बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा प्रतिबन्धपछि टिकटकको प्रतिक्रिया- करदेखि सुरक्षा कानून परिपालनामा प्रतिबद्ध हुँदाहुँदै रोक लाग्नु दु:खद 

शुक्रबार, मंसिर १ २०८०
नेपालमा प्रतिबन्धपछि टिकटकको प्रतिक्रिया- करदेखि सुरक्षा कानून परिपालनामा प्रतिबद्ध हुँदाहुँदै रोक लाग्नु दु:खद 

नेपालको आन्तरिक कानूनको उलंघन हुने कुनै पनि कन्टेन्ट आएमा त्यसको रिपोर्ट गर्ने वा हटाउनसक्ने सुविधा नेपाल सरकारलाई उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ। 

काठमाडौं- नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटके असहमति जनाउँदै पत्र पठाएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकले पत्राचार गर्दै सबै कानून परिपालना गर्दा गर्दै पनि प्रतिबन्ध लगाएकोमा असन्तुष्टि व्यक्त गरेको छ। 

स्थानीय कानूनको पूर्ण परिपालना गर्न प्रतिबद्ध रहँदा रहँदै पनि सरकारले विना कारण प्रतिबन्ध लगाएकोमात्र होइन सकारसँगको सहकार्यकै बीचमा अचानक निर्णय लिएकोमा आश्चर्य व्यक्त गरिएको छ। 

प्राधिकरणलाई टिकटकबाट पत्र आएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। कम्पनीले यसअघि भएका छलफल तथा उसले गरेका कामको स्मरण गराउँदै पत्र पठाएको उनले बताए। 

टिकटकले नेपालको कर प्रणालीमा दर्ता भएको पनि स्मरण गराएको छ। एक महिनाअघिमात्र कम्पनी कर प्रणालीमा दर्ता भएको थियो। उसले कर तिर्नमात्र होइन स्थानीय कानूनको उलंघन गर्ने कन्टेन्ट हटाउनसक्ने वा रिपोर्ट गर्ने सुरक्षा प्रणालीमा नेपाललाई पहुँच दिएको उल्लेख गरेको छ। 

नेपालको आन्तरिक कानूनको उलंघन हुने कुनै पनि कन्टेन्ट आएमा त्यसको रिपोर्ट गर्ने वा हटाउनसक्ने सुविधा नेपाल सरकारलाई उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ। 

‘करदेखि सुरक्षाका नियम परिपालनामा प्रतिबद्ध हुँदा पनि लगाइएको प्रतिबन्ध जायज छैन’ टिकटकले पठाएको पत्रमा उल्लेख गरिएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend