बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चिनियाँ मनोरञ्जन एप टिकटक बन्द गर्ने सरकारको निर्णय

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २७ २०८०
चिनियाँ मनोरञ्जन एप टिकटक बन्द गर्ने सरकारको निर्णय

पछिल्लो समय टिकटक संसारभर चर्चामा छ। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेगरि काम अघि बढाएको हो।

काठमाडौं- सरकारले नेपालमा टिकटक एप बन्द गर्ने निर्णय गरेको छ। मनोरञ्जन सेगमेन्टको सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम बढ्दै गएकाले त्यस्त गतिविधि नियन्त्रण गर्न त्यसलाई बन्द गर्ने निर्णय भएको सरकारले जनाएको छ।

पछिल्लो समय टिकटक संसारभर चर्चामा छ। टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेगरि काम अघि बढाएको हो।

२०२२ मा टिकटक संसारमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा पर्न सफल भएको थियो। टिककट नै विश्व बजारमा सबैभन्दा धेरै रूचाइएको एपमा पर्दछ। 

अमेरिकालगायत केही देशले पनि टिकटको माथि प्रतिबन्ध लगाएका छन्। छिमेकी मुलुक भारतमा पनि टिकटको चलाउन पाइँदैन।

सरकारले केही समयअघि गेमिङ एप पबजी माथि पनि प्रतिबन्ध लगाइएको थियो। उक्त निर्णयको‌व्यापक बिरोध भएको र आदालतले प्रतिबन्ध नलगाउन आदेश दिएको थियो।


प्रकाशित : सोमबार, कात्तिक २७ २०८००८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend