शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

डाउनलोडका आधारमा सवार्धिक चर्चित एप्स

टिकटक विश्व बजारमा सबैभन्दा धेरै रुचाइएको चिनियाँ एप

images
सोमबार, कात्तिक २७ २०८०
images
डाउनलोडका आधारमा सवार्धिक चर्चित एप्स

त्यस्तै दोस्रो धेरै डाउनलोड हुने एपमा इन्स्टाग्राम रहेको छ। २०२२ मा इन्स्टाग्राम ५४ करोड ७० लाख पटक डाउनलोड भएको हो। यो सोसियल मिडिया एप हो। 

images
images

काठमाडौं- प्रविधिको यो जमानामा हाम्रौ दैनिकीलाई छिटो र छरितो बनाउन इन्टरनेटले धेरै नै मद्दत गरेको छ। त्यसमा पनि मोबाइल एप्सहरुको भुमिका अझै बढ्दै गएको छ। 

images
images
images

मनोरञ्जनदेखि खेल, प्रविधिदेखि रोजगारीसम्मका मोबाइल एपहरु इन्टरनेटको दुनियाँमा उपलब्ध छ। व्यक्तिले आवश्यकता र उपादेयताका आधारमा त्यसलाई डाउनलोड गरेर प्रयोग गर्न सक्छन्। अधिकंश मोबाइल एप्सहरु निःशुल्क उपलब्ध हुन्छन् भने केही शुल्क तिरेर प्रयोग गर्नुपर्ने हुन्छ। 

images
images

विश्वचर्चित एप्सहरुले हाम्रो कार्यशैलीलाई समेत बदलिदिन्छ। मोबाइल एप्सहरुले हामीले अन्य व्यक्तिसँग कुरा गर्ने तौरतरिका, कार्यशैलीमा भिन्नता तथा स्वमनोरञ्जनमा बदलाब ल्याइदिएको छ। 

images
images

डिजिटल दुनियाँमा संसारले मारेको छलाङकै परिणामकै उपजका रुपमा मोबाइल एप्सको विकास र प्रयोगलाई लिइन्छ। मोबाइल एप्सकै मद्दतले जीवनयापनमा भिन्नता ल्याएको छ भने प्रतिस्पर्धाको सिनारिययो समेत बदलिदिएको छ। 

उदाहरणका लागि कोभिड १९ का कारण संसारभरका मानिसहरु महिनौँ घर भित्रै बस्नुपर्ने अवस्था बन्यो। यो समयमा मोबाइल एप्सकै माध्यमबाट मानिसहरुले अनलाइट डेटिङ, फिटनेस तथा काम सम्बन्धि एप्सहरुको ब्यापक प्रयोग गरेका थिए। २०२२ मा संसारभर सर्वाधिक चर्चित भएका एप्सहरुबारे भिजुअल क्यामिटालिस्टले उल्लेख गरेको छ। बिजनेस अफ एप्सबाट लिएको तथ्यांकका आधारमा २०२२ मा १० सर्वाधिक डाउनलोड भएको एप्सहरु यसप्रकार छन्ः 

२०२२ मा विश्वभर सबैभन्दा धेरै टिकटक एप डाउनलोड भएको छ। यो चिनियाँ एप मनोरञ्जन क्षेत्रको हो। चाखलाग्दो कुरा के भने टिकटक नै पहिलो एप हो जुन विश्व बजारमा सर्वाधिक चर्चित हुने पहिलो एप बनेको छ। २०२२ मा ६७ करोड २० लाख पटक डाउनलोड भएको हो। 

डाउनलोड बढेसँगै टिकटकको आम्दानी समेत उल्लेखनीय रुपमा बढेको छ। बिजनेस अफ एप्सका अनुसार टिकटकको वार्षिक आम्दानी ९ अर्ब ४० करोड डलर पुगेको छ। 

त्यस्तै दोस्रो धेरै डाउनलोड हुने एपमा इन्स्टाग्राम रहेको छ। २०२२ मा इन्स्टाग्राम ५४ करोड ७० लाख पटक डाउनलोड भएको हो। यो सोसियल मिडिया एप हो। 

२०२२ मा तेस्रो धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ। २००८ मा सार्वजनिक भएको फोसबुक एप त्यसयता सदाबहार चर्चित रहँदै आएको छ। यो एप २०२२ मा ४४ करोड ९० लाख पटक डाउलोड भएको थियो। 

चौथो धेरै डाउनलोड हुने एपको सूचीमा ह्वाट्सएप रहेको छ। सामानिक सञ्जाल वर्गको यो एप २०२२ मा ४२ करोड ४० लाख पटक डाउनलोड भएको छ। इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएप तीन वटै कम्पनी अर्बपति मार्क जुकर्बगको हो। 

२०२२ मा धेरै डाउनलोड हुने सूचीको पाँचौँ स्थानमा टेलिग्राम रहेको छ। सोसियल मिडिया सेगमेन्टको यो एप २०२२ मा ३१ करोड पटक डाउनलोड भएको थियो। 

सर्वाधिक डाउनलोड हुृने एप्सको सूचीको छैटौँ स्थानमा गेम एप रहेको छ। सबवे सर्फर्स् २०२२ मा ३० करोड ४० लाख पटक डाउनलोड भएको थियो। 

त्यस्तै सातौँ स्थानमा पनि गेम एप नै रहेको छ। स्टम्बल गाइज् गेम एप २०२२ मा २५ करोड ४० लाख पटक डाउनलोड भएको थियो। यसैगरि संगित सम्बन्धि स्पोटिफाइ एप धेरै डाउनलोड हुने सूचीको आठौँ स्थानमा छ। यो एप २०२२ मा २३ करोड ८० लाख पटक डाउनलोड भएको थियो। 

१० सर्वाधिक डाउनलोड हुने एप्सको सूचीमा नावौँ स्थानमा शेन एप रहेको छ। किनमेल सम्बन्धि यो एप २०२२ मा २२ करोड ९० लाख पटक डाउनलोड भएको थियो। सूचीको दाशौँ स्थानमा म्यासेन्जर रहेको छ। सोसियल मिडिया क्याटागोरीमा रहेको म्यासेन्जर २०२२ मा २१ करोड पटक डाउनलोड भएको थियो।


प्रकाशित : सोमबार, कात्तिक २७ २०८००२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend