मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

चरन क्षेत्र नहुँदा चौँरीपालक किसानलाई समस्या

images
बिहीबार , कात्तिक २३ २०८०
images
चरन क्षेत्र नहुँदा चौँरीपालक किसानलाई समस्या

हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीपालन गर्दै आएका छन्।

images
images

मन्थली- रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरीपालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ। चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै संकटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ।

images
images
images

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ क्षेत्रमा पस्तौँदेखि चौँरीपालन गर्दै आएका किसान चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन्। यस क्षेत्रमा सडक नपुग्दासम्म चौँरीपालन गर्ने किसानको सङ्ख्या न्यून थियो। पछिल्लो समय चाैँरीबाट उत्पादित दूध, ध्यू, छुर्पी, चिजलगायत वस्तु सडक सञ्जालका कारण बिक्री वितरणमा सहज हुन थालेपछि चौँरीपालक किसानको वृद्धि भएको स्थानीय बताउँछन्।

images
images

चौँरीपालनबाट किसानले मनग्य आम्दानी गर्न थालेपछि लेकाली क्षेत्रका अन्य किसानले पनि चौँरी पाल्न सुरुवात गरेका किसान लालबहादुर योञ्जनले बताए। शैलुङ क्षेत्र उच्च लेकाली भू-भागमा पर्ने भएकाले यस क्षेत्रमा आलुबाहेक अन्य बालीनाली नहुने भएकाले पनि किसान चौँरीपालन तर्फ आर्कषित भएका उनको भनाइ थियो।

images
images

हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन्। 'वर्षादको समयमा घाँस उम्रने भएकाले केही सहज हुन्छ। तर पर्याप्त घाँस र चरण क्षेत्र नहुँदा समस्या भएको छ', योञ्जनले भने, 'हिउँदको समयमा घाँसको झनै समस्या हुने गरेको छ।'

चौँरीपालक किसानले पहिला स्थानीय गोदावरी र कालिञ्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएका जनाउँदै अहिले सामुदायिक वनले चरन क्षेत्र रोकेपछि झनै समस्या भएको उनले बताए। हाल किसानले आफ्नै खरबारीमा चरन क्षेत्र बनाएर चौँरी चराउने गरेका छन्।

चौँरीपालक किसानले स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै सहयोग पाउन नसकेको दोरम्बा-१ राजभिरका फर्वा शेपाले गुनासो गरे। विगत वर्षमा शैलुङ क्षेत्रमा चौँरीगाई पाल्ने किसान थोरै हुँदा समस्या नभएका बताउँदै किसानको सङ्ख्या बढेसँगै समस्या पनि बढेको उनको भनाइ थियो।

पछिल्लो समयमा चौँरीपालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए।

समयमा नै चरण क्षेत्र व्यवस्थापन गर्न नसके शैलुङ क्षेत्रमा चौँरीपालन नै संकटमा पर्ने किसानको भनाइ थियो। स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरु बताउँछन्। रासस


प्रकाशित : बिहीबार , कात्तिक २३ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend