मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

फस्टाउँदै सामूहिक सयपत्री फूलखेती, पालिकाले दियो ५० प्रतिशत अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २० २०८०
images
फस्टाउँदै सामूहिक सयपत्री फूलखेती, पालिकाले दियो ५० प्रतिशत अनुदान

'फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदन माथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ।'

images
images

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ। तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ।

images
images
images

जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ। नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दसैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिए। उनले पहिलो वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब डेढ लाख बराबरको ड्रम र पाइप आफूहरुलाई दिएको बताए।

images
images

'यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौँ', अध्यक्ष थापाले भने, 'यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन लोभलाग्दो छ, लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ।' उनले यस वर्षको फूलखेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको र ५० प्रतिशत आफूहरुले जनश्रमदान गरेको बताए।

images
images

अध्यक्ष थापाले गत वर्ष पनि पालिकाले ५० प्रतिशत अनुदानमा फूलखेती गरिएको बताए। 'पोहोर साल हावापानी बिग्रियो, पानी धेरै पर्‍यो र फूल राम्रो उत्पादन नभएकाले दुई लाखको मात्र फूल बेच्न सफल भयौँ', उनले भने, 'यस वर्ष पहिलो वर्षजस्तै खेती राम्रो छ, करिब चार लाख आम्दानी हुन्छ कि भन्ने अपेक्षा छ।

उनले सयपत्री फूलखेतीलाई दिगो बनाउन सिँचाइको समस्या बाधक भएको बताए। उनले गाउँपालिकाबाट प्राविधिक सहयोग उपलब्ध भए पनि सिँचाइको अभावमा व्यवसायलाई दिगो बनाउन सकिन्न कि भन्ने चिन्ता लागेको उल्लेख गरे। उनले गाउँपालिकाले अनुदानलगायतका प्राविधिक सहयोगलाई यथावत राखे व्यवसाय विस्तार गर्ने सोचमा आफूहरु रहेको उल्लेख गरे।

गाउँपालिकाका कृषि शाखा प्रमुख अनुप पौडेलले भने गाउँपालिकाको पूर्ण लगानी भएकाले बारीचौरमा उत्पादित माला बिक्री गरेर भएको आम्दानी पालिकाको राजस्व शाखामा जम्मा गरेको दाबी गरे। उनले चार रोपनी जग्गा पालिका आफैँले प्रतिरोपनी चार हजार पाँच सय का दरले भाडामा लिएर फूलखेती गरेको जनाउँदै श्रममा खटिने सबैलाई पालिकाले नै पारिश्रमिक भुक्तानी गरेको बताए। 

उनले कालीगण्डकी फूलैफूलको पालिका बनाउने योजनाअनुरुप पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको जानकारी दिए। 'फूलखेती र ड्रागन खेतीका लागि १० लाख बजेट विनियोजन गरेका थियौँ', उनले भने, 'फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदन माथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ।'

उनका अनुसार पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गावेशीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका काशीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूहले गरेको फूूलखेती उत्कृष्ट रहेको बताए। उनले फूलखेती गर्ने हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको बताए।

   कृषि शाखाले जुनसुकै मौसममा पनि फुल्ने क्रर्मा जातको हाइब्रिड सयपत्री फूलखेती गर्न कृषकलाई सिफारिस गरेको छ। उनले सयपत्री फूल कृषकले बिक्री गर्न नसके बजारीकरणका लागि पालिकाले सहयोग गर्ने बताए। शाखा प्रमुख पौडेलले अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वनमा पालिकाभित्र उत्पादन भएका सयपत्री फूल बिक्री गरेको बताए।

कालीगण्डकी पाँच बाँसटारीमा सयपत्री फूूलखेती गरेका रविलाल गौडेलले दुई रोपनी क्षेत्रफलमा लगाइएको तिहारलक्षित सयपत्री फूल हुर्कंदै गएको बताए। उनले सयपत्री फूलबाटै आत्मनिर्भर बन्ने आफ्नो योजनालाई गाउँपालिकाले सहयोग गरेको दाबी गरे। रासस 


प्रकाशित : सोमबार, कात्तिक २० २०८००५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend