बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमडीएमएसमा दर्ता नभएका स्मार्टफोन ब्लक हुने 

आइतबार, कात्तिक १९ २०८०
एमडीएमएसमा दर्ता नभएका स्मार्टफोन ब्लक हुने 

नेपाली बजारमा दर्ता नभएका र दर्ता गर्न दिइएको अन्तिम सुविधा पनि उपयोग नगरेका त्यस्ता फोन ब्लक हुने उनको भनाइ छ। त्यस्तै क्रमश: अरु स्मार्टफोन पनि बन्द हुँदै जानेछन्। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणालीमा दर्ता गर्नैपर्ने अनिवार्य नियम भोलिदेखि लागू हुने जानकारी दिएको छ। 

व्यक्तिगत रुपमा विदेशबाट ल्याइएका स्मार्टफोनमा यस्तो प्रणाली अनिवार्य रुपमा लागू हुने भएको छ। प्राधिकरणले यसअघि कात्तिक ४ गते सूचना जारी गर्दै १५ दिनभित्र दर्ता गर्ने अन्तिम समयसीमा दिएको थियो। 

४ गते दिइएको समयसीमा आजदेखि सकिएको र भोलिदेखि नै दर्ता नभएका फोन ब्लक गर्ने प्रक्रिया सुरू हुने प्राधिकरणले जानकारी दिएको छ। 

नेपालमा भएका तर दर्ता नभएका महंगा स्मार्टफोनबाट ब्लक गर्न सुरू गरिने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार सबैभन्दा पहिला आईफोनबाट यसको सुरुवात गरिने जानकारी दिए। 

नेपाली बजारमा दर्ता नभएका र दर्ता गर्न दिइएको अन्तिम सुविधा पनि उपयोग नगरेका त्यस्ता फोन ब्लक हुने उनको भनाइ छ। त्यस्तै क्रमश: अरु स्मार्टफोन पनि बन्द हुँदै जानेछन्। 

नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत  प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

यसरी जाँचपास गराउनका लागि  राहदानी/नागरिकता, गएको र आएको स्ट्याम्प चाहिने भएको छ। भन्सारको नियमन अनुसार व्यक्तिले ल्याएका मोबाइल प्रणालीमा दर्ता हुनेछन्। 


प्रकाशित : आइतबार, कात्तिक १९ २०८००९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend