बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

एमसीसीमा गाम्बिया : २ करोड ५० लाख डलरको सम्झौतामा हस्ताक्षर

images
सोमबार, मंसिर ६ २०७८
images
एमसीसीमा गाम्बिया : २ करोड ५० लाख डलरको सम्झौतामा हस्ताक्षर

गाम्बियाले सन् २०२५ भित्रमा सबैका लागि विद्युत कार्यक्रम अघि बढाएको छ।

images
images

काठमाडौं- गाम्बियाले २ करोड ५० लाख अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा हस्ताक्षर गरेको छ। कोप २६ सम्मेलनको क्रममा भएको छलफलपछि अमेरिकी निकाय एमसीसी र गाम्बिया सरकारले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

images
images
images

गाम्बियामा सबैका विद्युत पहुँच विस्तार कार्यक्रमका लागि यो रकम खर्च हुनेछ। गाम्बियाले सन् २०२५ भित्रमा सबैका लागि विद्युत कार्यक्रम अघि बढाएको छ। यसैगरी एमसीसीको सहयोगबाट नवीकरणीय ऊर्जा उत्पादन र आयातका लागि पनि काम हुनेछ। आन्तरिक सौर्या ऊर्जा प्रणालीका लागि पनि यो रकम खर्च हुनेछ। 

images
images

एमसीसीका निमित्त प्रमुख कार्यकारि अधिकृत मोहम्मद बाह र गाम्बियाका वित्त तथा आर्थिक मामिला मन्त्री मम्बुरी जेइले हस्तक्षर गरेका छन्। गाम्बियाको गरिबी निवारण, दीगो आर्थिक विकास र वातावरणमैत्री विद्युत प्रणालीको विकासमा यो सम्झौता महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।  

images
images

एमसीसीले पश्चिम अफ्रिकाका ७ वटा ऊर्जा क्षेत्रसँग सम्बन्धित कार्यक्रममा लगानी गरिसकेको छ। यसअन्तर्गत सबैभन्दा ठूलो अर्थात् ५५ करोड डलरको ऊर्जा सम्झौता सेनेगलमा कार्यान्वयन प्रारम्भ भएको छ भने बुर्किनाफासोमा ४५ करोड डलरको कार्यक्रममा हस्ताक्षर भएको छ। 

अफ्रिकी देशहरूले धमाधम कार्यान्वयन प्रारम्भ भए पनि नेपालमा भने एमसीसी सम्झौतालाई विवादित बनाइएको छ। सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भए पनि नेपालमा एमसीसी सम्झौताको कार्यान्वयन सुरु भएको छैन।


प्रकाशित : सोमबार, मंसिर ६ २०७८१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend