बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मनकामना केबलकारको टप स्टेसनमा रिसोर्ट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर ६ २०७८
मनकामना केबलकारको टप स्टेसनमा रिसोर्ट

रिसोर्टमा ४० कोठा हुने छन्।  एक सय सिट क्षमताको सभाहल पनि हुने छ। 

काठमाडौं- मनकामना केबलकारको टप स्टेसनमा रिसोर्ट सञ्चालनमा आउने भएको छ। 

मनकामना केबलकार सञ्चालन गरिरहेकै कम्पनीको भातृ संस्था रेस्ट्रो बाई मनकामना केबलकार प्रालिले रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो। 

मनकामना केबलकारको माथिल्लो स्टेसनसँगै रहेको ९ रोपनी जग्गामा रिसोर्ट निर्माण भइरहेको मनकामना केबलकार प्रालिले जानकारी दिएको छ। 

रिसोर्टमा ४० कोठा हुने छन्।  एक सय सिट क्षमताको सभाहल पनि हुने छ। 

यो परियोजनाबाट मनकामना क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावना अझै बढेर जाने छ। स्थानीय रोजगारी सिर्जना हुने र स्तरीय पर्यटकको आगमन हुने कम्पनीको विश्वास छ।

यो रिसोर्टमा कूल ३५ करोड १८ लाख लगानी हुने कम्पनीले अनुमान गरेको छ। 

मनकामनामा केबलकार सञ्चालन भएको २३ वर्ष पुगिसकेको छ। मनकामनाले २४ औँ वार्षिकोत्सव मनाउने तयारीमा रहेको छ। 

२०५५ सालदेखि सञ्चालनमा आएको केवलकार मनकामना दर्शन गर्न जानेहरूको रोजाइमा पर्दै आएको छ। 

हालसम्म मनकामना केबलकारमा १ करोड ६० लाख यात्रु तथा भक्तजनले यात्रा गरिसकेकको कम्पनीले जानकारी दिएको छ। 


प्रकाशित : सोमबार, मंसिर ६ २०७८१२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend