मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

‘बाँडौँ खुसी चढौँ सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले जिते सुनको सिक्का

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ३ २०८०
‘बाँडौँ खुसी चढौँ सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले जिते सुनको सिक्का

उनले टेकु स्थित भीजी अटोमोबाइल्स प्रालिको आफ्नै सोरुमबाट एभिनिस १ सय २५ सीसी बीएस ६ खरिद गरेका थिए। 

काठमाडौं- भीजी अटोमोबाइल्स प्रालिले यहि कात्तिक २ गते दास्रो बम्पर विजेता घोषणा गरेको छ। भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर विजेता बनेर १० ग्राम सुनको सिक्का जितेका छन्। 

यो योजना लागु भएदेखि १५ दिनमा नेपाल भरिका खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्रमार्फत नागा दोस्रो विजेता बन्न सफल भएका छन्। उनले टेकु स्थित भीजी अटोमोबाइल्स प्रालिको आफ्नै सोरुमबाट एभिनिस १ सय २५ सीसी बीएस ६ खरिद गरेका थिए। 

यो योजना अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटर संग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन्। वा शुन्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुनेसमेत कम्पनीले जनाएको छ। 

भीजी अटोमोबाइल्स प्रालि सुजुकी ब्राण्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो।


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८०१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend