मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

सानिमा बैंकको 'मेड इन नेपाल' चाडपर्व लक्षित योजना

शुक्रबार, कात्तिक ३ २०८०
सानिमा बैंकको 'मेड इन नेपाल' चाडपर्व लक्षित योजना

यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने बैंकको दाबी छ।

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि 'मेड इन नेपाल' चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणाली मार्फत भुक्तानी गरेमा विशेष छुट तथा नगद फिर्ताको व्यवस्था गरेको छ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको बैंकले जनाएको छ।

यसबाट स्थानीय उत्पादन, बिक्री प्रर्वद्घन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने बैंकको दाबी छ।

योजना २०८० आश्विन २७ देखि २०८० मंसिर ३ गतेसम्मका लागि लागु हुनेछ। ग्राहकहरुले सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको क्यास ब्याक पाउने बैंकले जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालयहरु तथा १ सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

यसैगरी सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८०१०:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend