मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एनसेलले दियो ३५ सयभन्दा बढी ग्राहकलाई  १ सय रुपैयाँ बोनस ब्यालेन्स

शुक्रबार, कात्तिक ३ २०८०
एनसेलले दियो ३५ सयभन्दा बढी ग्राहकलाई  १ सय रुपैयाँ बोनस ब्यालेन्स

विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३५ सयभन्दा बढी ग्राहकहरुलाई शुक्रबार जनही  १ सय रुपैयाँ बोनस ब्यालेन्स दिएको छ।

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको कम्पनीले जनाएको छ।

भाद्र ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए। यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए। दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १ सय रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए।
 
विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।

साप्ताहिक रुपमा १ सय रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो। 
 
एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्ने जनाएको छ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक-एक स्कुटर जित्नेछन्। 


प्रकाशित : शुक्रबार, कात्तिक ३ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend