मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

दसैँदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

बिहीबार , कात्तिक २ २०८०
दसैँदेखि छठसम्म यतीमा उड्दा यात्रुलाई सानदार उपहार

असोज २८ देखि मंसिर ७ गतेसम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुले बजाज पल्सरदेखि वासिङ मेसिन, हिराको टपलगायत विभिन्न उपहारहरु जित्न सक्ने यती एयरलाइन्सले जनाएको छ।

काठमाडौं- दसैँ, तिहार र छठ पर्वको अवसरमा यती एयरलाइन्सले यात्रुहरुलाई सानदार उपहारहरु दिने घोषणा गरेको छ।

यती एयरलाइन्सले ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गर्दै असोज २८ अर्थात् घटस्थापनादेखि मंसिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतीमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा एक जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो।

सोही योजनाअन्तर्गत दोस्रो विजेताले थाइलायनको तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो विजेताले एलजीको वासिङ मेसिन जित्ने यती एयरले जनाएको छ। यस्तै चौथो विजेताले श्रीबालाजी डाइमण्डको तर्फबाट हिराको टप जित्नेछन्।

साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटेर उड्ने यात्रुहरुमध्ये हरेक हप्ता एक जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्धार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’पाउनेछन्।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट प्राइजको रुपमा डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन्। डिस्काउन्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरुले विमानमा इन फ्लाइट इन्टरटेन्मेन्ट सर्भिस प्रयोग गर्दैगर्दा दसैँ क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेस गर्नुपर्ने छ।

सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समयसमयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

योजना सकिएलगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर विजेताहरु घोषणा गरिने यती एयरलाइन्सले जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८०११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend