बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दसैँमा किसानलाई धान भित्र्याउने चटारो

बिहीबार , कात्तिक २ २०८०
दसैँमा किसानलाई धान भित्र्याउने चटारो

पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको किसान बताउँछन्।

ललितपुर- ललितपुरका खेतीयोग्य जमिनमा धान पहेँलै भएको छ। गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन्।

दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन्। यस वर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ। धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन्।

ललितपुरको महालक्ष्मीनगरपालिका-७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताए। गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिए। 'खेती गर्ने किसानले समयमै मल पाउँदैनन्। किसानका लागि अन्य सेवासुविधा पनि छैन। त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ', उनले भने।

स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ। उनले भने, 'करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ।'

दसैँअघि धान भित्र्यापछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन्। अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend