मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

प्रतितोला पाँचसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार , कात्तिक २ २०८०
प्रतितोला पाँचसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सुनको मूल्य आज तोलामा पाँच सय रूपैयाँले बढेको छ। चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। बुधबार तोलामा १३ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला पाँच सय रूपैयाँले महँगिएको हो।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेर सोमबार प्रतितोला सात सय र मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १३ सय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो साता आइतबार तोलामा ४५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार ३५ रूपैयाँले बढेको थियो। बिहीबार पुन: मूल्य घटेको हो।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend