शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

प्रतितोला पाँचसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

images
बिहीबार , कात्तिक २ २०८०
images
प्रतितोला पाँचसयले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

सुनको मूल्य आज तोलामा पाँच सय रूपैयाँले बढेको छ। चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। बुधबार तोलामा १३ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला पाँच सय रूपैयाँले महँगिएको हो।

images
images
images

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ७ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १३ हजार एक सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

यो साता आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेर सोमबार प्रतितोला सात सय र मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १३ सय रूपैयाँले बढेको थियो।

images
images

चाँदीको मूल्य भने आज घटेको छ। चाँदी आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो साता आइतबार तोलामा ४५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार ३५ रूपैयाँले बढेको थियो। बिहीबार पुन: मूल्य घटेको हो।


प्रकाशित : बिहीबार , कात्तिक २ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend