बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एभरेष्ट बैंकले मनायो २९औँ वार्षिकोत्सव

बुधबार, कात्तिक १ २०८०
एभरेष्ट बैंकले मनायो २९औँ वार्षिकोत्सव

बैंकका हाल करिब १३ लाख बढी ग्राहकहरु छन्। बैंकले १२७ शाखा सञ्जालबाट सेवा दिँदै आएको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ। बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाएको हो।

दुई सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख आर्थिक सहयोग गरेको छ। बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्क नाउ फाउन्डेसनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

बैंकका हाल करिब १३ लाख बढी ग्राहकहरु छन्। बैंकले १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 


प्रकाशित : बुधबार, कात्तिक १ २०८०१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend