मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

एसबिआई बैंकले एसियन पेन्ट्सका डिलरलाई 'च्यानल फाइनान्सिङ'को सुविधा दिने

बुधबार, कात्तिक १ २०८०
एसबिआई बैंकले एसियन पेन्ट्सका डिलरलाई 'च्यानल फाइनान्सिङ'को सुविधा दिने

यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ। यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यसको वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ।

काठमाडौं- एसियन पेन्ट्स नेपालका डिलरहरुलाई नेपाल एसबिआई बैंकले 'च्यानल फाइनान्सिङ'को सुविधा दिने भएको छ।

एसियन पेन्ट्स र एसबिआई बैंकबीच हालसालै नेपालभर रहेका एसियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो।

सम्झौतापत्रमा एसियन पेन्ट्सको तर्फबाट कन्ट्री डाइरेक्टर गोपाल कृष्णन्जी र एसबिआई बैंकका एमडी तथा सीईओ दीपक कुमार डेले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन्।

'च्यानल फाइनान्सिङ' एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुबाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालु पुँजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ।

यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ। यो कर्जा विस्तारका विकल्पहरुले डिलरहरुलाई उनीहरुको व्यवसाय कायम राख्न र त्यसको वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ।

यसका अतिरिक्त, प्रतिस्पर्धात्मक ब्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ। त्यस्तो लाभहरुमध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो।

यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ। यसका साथै डिलरहरुले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन्। यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरुको फाइदा उठाउन र बजारको मागलाई अझ बढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउँछ।

डिलरहरुलाई थप प्रोत्साहित गर्नुपर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन्। डिलरहरुले अब न्यून लागतमा बैंक बदल्न सक्नेछन्। साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। 


प्रकाशित : बुधबार, कात्तिक १ २०८०११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend