मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

बुधबार, कात्तिक १ २०८०
आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ।

काठमाडौं- नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र मध्यपूर्वलगायत १ सय ५५ देशहरुमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्द्धित बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ।

युएईको केन्द्रीय बैंकबाट  इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एपमार्फत आईएमईको डिजिटल वालेट आईएमई पेमा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गरेका हुन्।

यस रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठूलो सहयोग पुग्नुको साथै आईएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आईएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आईएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरे।

यो रणनीतिक साझेदारी, युएई र त्यसभन्दा बाहिरसमेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन्। मिशेलले भने, 'बोटिम अल्ट्रा एपमार्फत लाखौँ प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेका छौँ।' 


प्रकाशित : बुधबार, कात्तिक १ २०८०११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend