शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ सार्वजनिक 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ सार्वजनिक 

भदौ २४ गते बिहीबारबाट यो वर्षको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ सार्वजनिक भएको छ। हुन्डाईले विगतमा पनि सधैं आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको थियो।  

काठमाडौं- हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम हस्तान्तरण गरेको छ। ‘यसपालीको दसैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना दुई जनाले पाएका हुन्। 

ग्राण्ड आई १० नियोस म्याग्ना कार श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) चेतनारायण सापकोटालाई कारको साँचो हस्तान्त्रण गरिएको हो। साउन ११ मा लक्की ड्र गरि विजेता छनोट गरिएको थियो। 

कोभिड १९ को दोस्रो लहरको कारण जनजीवन नै अस्तव्यस्थ भएकोले गत वर्षको लक्की ड्र केही ढिलागरी भएको कम्पनीले जनाएको छ। 

साथै, भदौ २४ गते बिहीबारबाट यो वर्षको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ सार्वजनिक भएको छ। हुन्डाईले विगतमा पनि सधैं आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको थियो।  

ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्कीम पाउने छन्। ‘हुन्डाई फेस्टीभ डिलाइट–२०७८’ योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुन्डाई आई २०’, एक वर्षको बिमा, वार्षिक कर लगायत धेरै किसिमका छुट पाउन सक्ने छन्।

यस योजनामा गाडी किन्नेलाई हुन्डाईले आफ्ना सबै गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्षको निःशुल्क सर्भिस सुविधा, निःशुल्क ओनरसिप ट्रान्सफर सुविधा प्रदान गर्नेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा सोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८०६:४६
  • सम्बन्धित विषय:

  • # हुन्डाइ
  • # हुन्डाइ नेपाल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend