बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बेमौसमी वर्षाले धानबालीमा क्षति

बुधबार, कात्तिक १ २०८०
बेमौसमी वर्षाले धानबालीमा क्षति

भित्र्याउने समयमा हावासहितको पानीले धानका बोट खेतमै ढलेका छन्। बेमौसमी वर्षा धानबालीमा क्षति भएपछि किसान चिन्तित छन्।

मकवानपुर- बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। मंगलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्। सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए।

'मंगलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पुर्‍याएको छ। धान भित्र्याउन जुटेका किसान बाली नोक्सान भएपछि चिन्तित छन्', उनले भने। अझै वर्षा भएमा पाकेको धानबाली खेतमै कुहिने चिन्ता बढेको उनले बताए।

किसान विष्णुकुमारी बजगाईँले पाकेको धान काटेर खेतमा सुकाएको जनाउँदै बेमौसमी पानीले धान र पराल दुवैमा असर गरेको बताए। वर्षभरी खाने उपजमा वर्षाले क्षति गरेपछि किसान चिन्तित भएका उनको भनाइ थियो।

गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हावासहित आएको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको बताए। मकवानपुरगढीका साथै मनहरीको रजैया, ज्यामिरे, सिमपानी, हाडीँखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १ २०८०१०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend