मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

डिशहोममा दसैँ स्पेसल शो, चलचित्र 'छक्का पञ्जा ४' नि:शुल्क हेर्न पाइने

बुधबार, कात्तिक १ २०८०
डिशहोममा दसैँ स्पेसल शो, चलचित्र 'छक्का पञ्जा ४' नि:शुल्क हेर्न पाइने

कात्तिक ३ र ४ गते बेलुकी ७ बजे चलचित्र 'छक्का पञ्जा ४' नि:शुल्क हेर्न सक्ने डिशहोमले जनाएको छ।

काठमाडौं- डिशहोमले दसैँका अवसरमा नि:शुल्क चलचित्र देखाउने भएको छ। चाडबाडका समयमा ग्राहकलाई मनोरञ्जन गराउन डिशहोमले बिना कुनै शुल्क चलचित्र प्रदर्शन गर्न लागेको हो।

दसैँ स्पेसल शोअन्तर्गत डिशहोमका सबै सक्रिय ग्राहकले बिना कुनै अतिरिक्त शुल्क प्लस मुभीमा कात्तिक ३ र ४ गते बेलुकी ७ बजे चलचित्र 'छक्का पञ्जा ४' हेर्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै दसैँ मुभी फेस्टअन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लस मुभीमा दसैँभरी नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सकिने छ।

यो प्रयासले सपरिवारसँगै बसेर नयाँ चलचित्र हेर्नुका साथै भरपुर मनोरञ्जनसमेत लिन सक्ने डिशहोमले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक १ २०८००६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend