मंगलबार, असार ९ गते २०८३    
मंगलबार, असार ९ २०८३

बुधबार तोलामा १३ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

बुधबार, कात्तिक १ २०८०
बुधबार तोलामा १३ सयले बढ्यो सुनको मूल्य, चाँदीको पनि वृद्धि

बुधबार सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको छ।

काठमाडौं- यो साता दुई दिनमा ११ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार पुन: बढेको छ। 

आइतबार तोलामै दुई हजार ९ सय रूपैयाँले बढेर सोमबार प्रतितोला सात सय र मंगलबार प्रतितोला चार सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १३ सय रूपैयाँले बढेको हो। 

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार दुई सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आज बढेको छ। आइतबार तोलामा ४५ रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार ३५ रूपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रूपैयाँ कायम छ।


प्रकाशित : बुधबार, कात्तिक १ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend